नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले पुन: बिबाह गर्ने भएका छन् । २०७६ बैशाख २६ गते उनले धर्मपत्नी सीता दाहालसंग पुन: बिबााह गर्ने भएका हुन् । २०२६ साल बैशाख २६ गते बिबाह बन्धनमा बाधिएका प्रचण्ड र सीताको २०७६ बैशाख २६ गते बिबाहको ५० औं बर्ष पुरा हुन्छ । यहि अवसरमा उनले पुन: बिबाह गर्न लागेको बताएका छन् ।
एकमात्रै छोरा स्वर्गिय प्रकाश दाहालको मृत्युपछि सीता दाहाल पुरा शोकमा डुवेकी छिन् । उनको जिवनदेखि हासो, खुशी र सुखनै टाढिएको छ । सीताको यस्तो अवस्थाका कारण अहिले पुरा परिवारनै खुशीमा छैन । पत्नी सीताको खुशीको लागि, उनलाई अलिकतीभएपनि खुशी दिनको लागि यस्तो गर्न थालेको प्रचण्डको भनाई छ ।
पत्नीलाई खुशी दिनको लागि उनि गर्नसक्ने सबै कुराहरु गर्न तयार छन् । प्रचण्ड पत्नी सीता यतिबेला बिरामीपनि छिन् । मान्छेलाईपनि राम्रोसंग चिन्न मुस्किल पर्छ उनलाई । १ छोरी र छोरा गुमाएर शोकमा डुबेकी सीताको औषधीउपचारको लागि प्रचण्ड पार्टी एकताको काम थाती राखेर असार अन्तिमसाता सिङ्गापुरमा दुई हप्ता बिताए ।
२ छोरी र सपरिवारको सबै जिम्मेवारी आफ्नो काँधमा रहेका कारण प्रचण्ड मनमा जति पिडा भएपनि बाहिर देखाउदैनन् यस्को मतलब उनको मनमा पिडा छैन भने हुदै होईन । तर परिवार र पत्नीलाई सम्हाल्न र देखाउनैको लागिभएपनि उनि बाहिरी हास्न र खुशी भएजस्तै देखिनु पर्छ । यतिबेला प्रचण्ड २०७६ को बैशाख २६ लाई कुरेर बसेका छन् । भेट हुने र आफन्त जतिलाई निम्तोपनि दिन सुरु गरिसकेका छन् ।