काठमाडौ । भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त अवस्थामा एक कार फेला परेको थियो । कारको नजिकै फेला परेको युवतीको शवको पहिचान खुलेको छ ।
दुर्घटनामा ज्यान गुमाउने युवती धुम्बाराई बस्ने करिब २८ वर्षीया रिया श्रेष्ठ भएको खुलेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाका अनुसार दुर्घटनास्थलमा फेला परेको युवतीको पहिचानका लागि प्रहरी लागेको थियो ।
दुर्घटनामा परेका कारका चालक भक्तपुरको लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्की आइतबार बिहान प्रहरी सम्पर्कमा आएपछी युवतीको पहिचान खुलेको हो ।
कारमा श्रेष्ठ र कार्कीसँगै सुधिर थापा र विजय देउजा पनि सवार भएको पाइएको छ। दुर्घटनामा देउजा सामान्य घाइते भएका छन्।’
मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बा ८ च ४७५६ नम्बरको कार बाहिर घाइते अवस्थामा भेटिएकी श्रेष्ठलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा निधन भएको प्रहरीको भनाई छ। By