Monday, January 25, 2021
Home > समाचार > बौद्धमा एक महिने छोरी र आमा मृ’त भेटिए

बौद्धमा एक महिने छोरी र आमा मृ’त भेटिए

काठमाडौ । बौद्धमा कोठा भाडामा बस्दै आएका एक परिवार मध्य दुई जना निधन भएको अवस्थामा फेला परेका छन् भने एक जना अ’चे’त अवस्थामा फेला परेका छन् । कोठामा एक महिला आफ्नो एक महिनाको छोरीसहित निधन भएको अवस्थामा फेला परेकी हुन् ।

उनका श्रीमान भने अ’चे’त अवस्थामा उपचारार्थ अस्पताल लगिएको छ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरी निधन भएको अवस्थामा फेला परेका हुन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पासंग बस्दै आएकी थिइन् । उनीहरु पसल गर्दै आएका थिए ।

महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्की का अनुसार दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । राती सु’त्दा हिटर बालेर सु’ते’को हुँदा नि’स्सा’सिएर उनीहरुको निधन भएको हुनसक्ने आशका गरिएको छ ।

किराना पसल गर्दै आएका उनीहरु अबेर सम्म पनि नउठेपछि घरभेटी बोलाउन गएका थिए । घरबेटीले सामान लिन जादा उनीहरुको त्यस्तो अवस्था देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!