Wednesday, January 27, 2021
Home > समाचार > श्रीमान्‌सँग छुट्टिन आफ्नै घरमा चोरीको नाटक

श्रीमान्‌सँग छुट्टिन आफ्नै घरमा चोरीको नाटक

काठमाडौं – आफ्नै घरको गरगहना तथा नगद चोरी भएको नाटक गर्ने महिला पक्राउ परेकी छिन्। आइतबार साँझ साढे ६ बजेतिर महानगरीय प्रहरी परिसर, ललितपुरले महालक्ष्मी नगरपालिका–१ स्थित घर भएकी कान्छी पोडेलाई पक्राउ गरेको हो।

उनले आफ्नो श्रीमान सानु कान्छासँग छुट्टिन यस्तो नाटक गरेको खुलेको छ। कान्छीले आफ्ना श्रीमानमाथि घरेलु हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन्। सानु कान्छा श्रीमतीसँगको मनमुटावका कारण अर्को घरमा बस्दै आएका थिए।

कान्छीले प्रहरीलाई आफ्नो करिब २६ लाख नगद, दुई तोला सुनको सिक्री, एक तोला सुनको सिक्री, दुई तोलाको हातमा लगाउने बाला, आधा तोलाको झुम्का एक जोर, पाँच तोला चाँदीको पाउजु एक जोर र २० तोलाको चाँदीको मूर्ति हराएको जानकारी गराएकी थिइन्।

पछि अनुसन्धानका क्रममा उनले साे नगद र गरगहना पुजाकाेठमा लुकाएर राखेकाे खुलेकाे प्रहरीले जानकारी दिएकाे छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!