Sunday, December 5, 2021
Home > समाचार > दसैंको बिदा मनाउन ड्युटी सकेर हिँडेका ट्राफिक प्रहरी हवल्दार भरतराज बाँस्तोलाको मोटरसाइकल दुर्घटनामा मृत्यु

दसैंको बिदा मनाउन ड्युटी सकेर हिँडेका ट्राफिक प्रहरी हवल्दार भरतराज बाँस्तोलाको मोटरसाइकल दुर्घटनामा मृत्यु

दमौली : दसैंको बिदा मनाउन ड्युटी सकेर हिँडेका एक ट्राफिक प्रहरीका सवारी दुर्घटनामा मृत्यु भएको छ।

धादिङमा कार्यरत तनहुँ भानु–४ निवासी ट्राफिक प्रहरी हवल्दार भरतराज बाँस्तोला सवार बा ५३ प ४०७८ नम्बरको मोटरसाइकल आँबुखैरेनीस्थित पृथ्वी राजमार्गमा ना ५ ख ३८१४ नम्बरको बससँग ठोकिँदा दुर्घटनामा परेको थियो।

दुर्घटनामा घाइते बास्तोलाको उपचारका क्रममा बुधबार साँझ भरतपुरको पुरानो मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!