Sunday, January 24, 2021
Home > खेलकुद > फुटबलका किङ्ग अर्जेन्टिनी फुटबलर म्याराडोनाको दुःखद निधन

फुटबलका किङ्ग अर्जेन्टिनी फुटबलर म्याराडोनाको दुःखद निधन

महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो ।

सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए । अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।

अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । उक्त खेलमा उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए । म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए । म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

डिएगो म्याराडोनालाई न कुनै परिचयको खाँचो छ न त कुनै उपमाको। आफैमा परिचय बनेको भव्य व्यक्तित्व र त्यसैमा समिटिएको स्वरुप। सम्झन चाहनेले स्नेहने सम्झिने अनि बिर्सन चाहने (सायद छैनन् कि) हरूले पनि भुलेर प्रेमले सम्झिने नाम हो, म्याराडोना। उनले विश्व फुटबलमा पाएको उचाइभन्दा अग्लो छ उनको सफलता। त्यति नै भयानक छ उनको दुःखद गहिराइ।

‘बोका जुनियर’मा सपना

उनी अर्जेन्टिनोस जुनियरका लागि छानिए। १२ वर्षको उमेरमा उनले अर्जेन्टिनाको पहिलो डिभिजनको खेलको हाफ टाइममा बलमा आफ्नो कला प्रस्तुत गरे।

म्याराडोनाले आफ्नो खेल जीवनमा व्यावसायिक करिअरको सुरूवात १६ औँ जन्मदिनको १० दिनअघि (२० अक्टोबर १९७६) अर्जेन्टिनोस जुनियरबाट गरे। १६ नम्बरको जर्सी लगाएर मैदान छिरेका म्याराडोनाले प्रिमियरा डिभिजनमा आफ्नो पहिलो गोल १४ नोभेम्बर १९७६ मा माप्र्लाटेनसी क्लबविरुद्ध गरे।

पाँच वर्ष (सन् १९७६ देखि १९८१ सम्म) अर्जेन्टिनोस जुनियरमा बिताएका उनले १ सय ६७ खेलमा १ सय १५ गोल गरे। त्यसपछि उनी ‘बोका जुनियर’मा अनुबन्धित भए। अरु क्लबले राम्रो रकमसहितको अफर गरे पनि म्याराडोना आफ्नो सपना पूरा गर्नका लागि बोका जुनियरतर्फ लागेका थिए। उनमा ‘बोका जुनियर’ क्लबबाट खेल्ने सपना लामो समयदेखि बाँचेको थियो।

म्याराडोनाले आफ्नो सपनाको क्लबबाट पहिलो खेलमै दुई गोल गरे। सबै भनेजस्तो जहिले हुँदैन, बोका जुनियरमा उनले राम्रो गरिरहेका थिए तर क्लबका प्रशिक्षक सिल्भिओ मार्जोलिनीसँग उनको सम्बन्ध सहज बन्न सकेन। त्यसो हुँदाहुँदै पनि बोकाले लिगको उपाधि जित्यो। उनले अर्जेन्टिनाको घरेलु लिगमा जितेको यो नै पहिलो र अन्तिम उपाधि बन्यो। म्याराडोना नामले त्यसैबेला नै देखिने आकार लियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!