Sunday, January 24, 2021
Home > मनोरञ्जन > ‘भाँडाकुटी’ खेल्नका लागि बुटवल पुगिन् बेनिषा

‘भाँडाकुटी’ खेल्नका लागि बुटवल पुगिन् बेनिषा

काठमाडौं – फिल्म ‘भाँडाकुटी’ टिम लोकेसनका लागि बुटवल पुगेको छ ।

बुटवलको बेलवास आसपासका विभिन्न स्थानमा छायांकनका लागि लोकेसन हेरिएको निर्देशक किरण विकले जानकारी दिए ।

निर्देशक विकका अनुसार फिल्मले जातीय विभेदको कथालाई उठान गरेको छ । समीक्षा समेत गर्दै आएका विकले यो फिल्मको कथा बलियो भएको दाबी गरे ।

फिल्मको शीर्ष भूमिकामा मुकुन भुसाल र बेनिशा हमालको अभिनय रहनेछ । निर्देशक विकका अनुसार फिल्मको छायांकन माघ १५ गतेबाट थालिनेछ ।

‘हामीले कथाअनुसार लोकेसन खोजिरहेका छौं, तराईंको परिवेश चाहिएको हो, मेरो घर पनि बुटवल भएकाले यहाँ फिल्म छायांकन गर्न सहज हुने देखेर हामीले यहाँ लोकेसनको खोजी गरेका हौं,’ निर्देशक विकले भने ।

फिल्मको लोकेसन बुझेर निर्माण टिम काठमाडौं फर्किसकेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!