Sunday, January 24, 2021
Home > प्रवास > मलेसियाबाट आयो यस्तो दुःखद खबर

मलेसियाबाट आयो यस्तो दुःखद खबर

काजाङ– मलेसियाको अध्यागमन विभागले गैरकानुनी रुपमा बसेका ९ नेपालीसहित १४१ जनालाई पक्राउ गरेको छ । मलेसियाको काजाङस्थित एक अपार्टमेन्टमा त्यहाँको अध्यागमन विभागले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो । आवासीय अनुमति सकिएर गैरकानुनी रुपमा बसेकाहरुलाई नियन्त्रणमा लिईएको विभागले जनाएको छ ।

इन्डोनेसियाका ६५ म्यानमारका ५९ नेपाली ९ जना र अन्य देशको ८ जनालाई पक्राउ गरिएको अध्यागमन विभागका उप महानिदेशक मोहम्मद फौजी मोद ईसाले बताए । उनीहरुलाई अहिले डिटेन्सन सेन्टरमा राखिएको विभागले जनाएको छ। उनीहरुको परिचय भने खुलाईएको छैन ।

मलेसियामा गैरकानुनी आप्रवासीहरूलाई काममा लगाउने ३७६ रोजगारदाता कम्पनीलाई पनि कारबाही गरिएको फौजीलाई उदृत गर्दै त्यहाँबाट प्रकाशन हुने द स्टार पत्रिकाले जनाएको छ । गैरकानुनी आप्रवासी सम्बन्धी सूचना भएकाहरूलाई पनि सकेसम्म चाँडो विभागमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् । ** समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस***

Leave a Reply

error: Please Dont Copy My Content!! !!