Saturday, July 17, 2021
Home > समाचार > अन्ततः निर्मला पन्तले पायिन न्याय , गृहमंत्रीले गरे यस्तो घोसणा -पूरा हेरि सक्दो शेयर गरौ

अन्ततः निर्मला पन्तले पायिन न्याय , गृहमंत्रीले गरे यस्तो घोसणा -पूरा हेरि सक्दो शेयर गरौ

काठमाडौं, १ कात्तिक । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रहरी अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालीन एसपी डिल्लीराज विष्टलाई सेवाबाट बर्खास्त गर्ने प्रक्रिया सुरु गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापरवाही गर्ने प्रहरीलाई बर्खास्त गर्न गृह मन्त्रालयमा पत्रचार गर्नुभएको हो । प्रहरी नियमावलीअनुसार एसपीसम्मको बर्खास्त गृहसचिव स्तरीय निर्णयबाट हुन्छ । प्रहरी महानिरीक्षक खनालले विष्टसहित अधिकारीको बर्खास्त सिफारिस गरिएको पुष्टि गर्दै आवश्यक निर्णय गृहमन्त्रालयले गर्ने टेलिफोनमा जानकारी दिनुभयो ।

गृहमन्त्रालय स्रोतले भने प्रहरी महानिरीक्षक खनालले विष्टसहितलाई बर्खास्त नभई विभागीय कारबाहीका लागि सिफारिस गरेको दावी गरेको छ । एआइजी धीरु बस्न्यात संयोजकत्वको अनुसन्धान टोलीले विष्टसहित अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरवाही गरेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पेश गरेको थियो ।

सरकारद्धारा गठित छानबिन समितिले पनि अनुसन्धानमा प्रहरीको भूमिका सन्तोषजनक नरहेको प्रतिवेदन बुझाएको थियो । विष्टमाथि घटनामा प्रमाण नष्ट गरेको आरोप छ । उनी अहिले निलम्वनमा छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!