Wednesday, November 30, 2022
Home > समाचार > चिकित्सककै यस्तो हर्कत, स्थानियले रंगेहात फेला पारी जिम्मा लगाए प्रहरीलाई

चिकित्सककै यस्तो हर्कत, स्थानियले रंगेहात फेला पारी जिम्मा लगाए प्रहरीलाई

बारा । जीतपुर सिमरा उपमहानगरपालिका˗१७ अन्तरगत रहेको स्वास्थ्य चौकी जैतापुरमा कार्यरत सिनियर अहेव एवम् स्वास्थ्य चौकी सहइञ्चार्ज रामनरेश यादव संस्थाको औषधि चोरेको आरोपमा पक्राउ परेका छन् ।

दशैँ बिदाका क्रममा बन्द रहेको कार्यालय बुधबार बिहान खोलेर संस्थामा रहेका महत्वपूर्ण औषधि झिकेर निस्कँदै गर्दा स्थानियले उनलाई रंगेहात फेला पारी प्रहरीको जिम्मा लगाएका हुन् ।

जिल्लाको फेटा गाउँपालिका˗३ पुरैनीया स्थायि घर भएका यादव स्वास्थ्य संस्थामा कार्यरत भए पनी उनको जितपुरसिमरा उपमहानगरपालिका १७ को रामनगरमा मेडिकल सञ्चालनमा छ । उनले स्वास्थ्य संस्थामा सरकारले निःशुल्क वितरणका लागि पाठाएका महत्वपूर्ण औषधि चोरेर मेडिकल मार्फत विक्रि वितरण गर्दै आएको स्थानियको आरोप छ ।

यादवले कार्यालय बन्द रहेको समयमा साँझ बिहान गरी पटकपटक औषधि झिक्ने गरेको थाहा पाएका स्थानियले उनको निगरानी सुरु गरेका थिए । अष्टमीका दिन सबै आआफ्नो घरमा ब्यस्त रहेको मौका छोपेर यादवले २ सय २८ थान विभिन्न ९ थरीका ट्याबलेट र २ थान आइ ड्रबसमेत निकालेका थिए।

Leave a Reply