Monday, November 23, 2020
Home > जीवनशैली > कंगना भन्छिन्- किन मन्दिरदेखि यति धेरै डर ?

कंगना भन्छिन्- किन मन्दिरदेखि यति धेरै डर ?

मुम्बई । अभिनेत्री कंगना रनौतले बंगलादेशी क्रिकेटर शाकिब अल हसनको विषयमा पनि प्रतिक्रिया दिएकी छिन् । इस्लामिक भएर पनि हिन्दु धर्मको समारोहको काली माताको पूजामा गएको भन्दै ज्यान मार्ने धम्की दिई माफी माग्‍न विवश बनायो । यही खबर पाएपछि कंगनाले ट्‌विटमा लेखिन्, “क्रिकेटर शाकिब अल हसनलाई कोलकातामा काली पूजामा सरिक भएकामा माफी माग्‍न बाध्य बनाइयो । उनलाई मार्ने धम्की पनि दिइयो ।

किन मन्दिरदेखि यति धेरै डर ? केही कारण त होला ? बिनाकारण कोही पनि यति धेरै डराउँदैनन्, हामी जिन्दगीभरी मस्जिदमा बिताए पनि राम नामलाई मनबाट कसैले निकाल्न सक्दैन, आफ्नै पूजामा विश्वास नभएको हो वा तपाईंको हिन्दु अतितले तपाईंलाई मन्दिरमा आकर्षित गर्छ ? आफैसँग सोध्नुहोस्…”

ट्विटरबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!