Thursday, November 26, 2020
Home > समाचार > कञ्चनपुरबाट आयो दुःखद खबर दुर्घटनामा श्रीमतिको मृत्यु, श्रीमान् र छोरी ममताको सिकिस्त!

कञ्चनपुरबाट आयो दुःखद खबर दुर्घटनामा श्रीमतिको मृत्यु, श्रीमान् र छोरी ममताको सिकिस्त!

गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् र गम्भीर घाइते ममता छोरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । “दुर्घटनामा परी बाबु र छोरीको अवस्था गम्भीर छ”, प्रवक्ता थापाले भन्नुभयो, “आमालाई उपचारका लागि धनगढी पुर्याउँदा मृत्यु भयो ।”

दुर्घटनालगत्तै त्यहाँ केही समय स्थिति त’नावग्र’स्त बनेपछि राति नै जिल्ला प्रहरी कार्यालयबाट प्रवक्ता थापाको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थल पुगेको थियो । प्रहरीले ट्र्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो पनिः अस्पताल भर्ना भएका डाक्टर ध्रुवको निधन

वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उहाँको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिनुभयो । अस्पतालमा जाँचका क्रममा उनको छातीमा रगत जमेको पाइएको थियो। अस्पतालमा उंहालाई आइसियुमा राखेर उपचार भइरहेको थियो। डा मुडभरी नेपालमा सर्जरी सेवा सुरु गर्ने डाक्टर मध्येका एक हुनुहुन्थ्यो ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याउनुभएका डा मुडभरी ॐ अस्पतालका संस्थापक हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । स्व मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

नेपालमा शल्य चिकित्सा शुरु र विस्तार गर्न महत्वपूर्ण योगदान दिएका उनको मृत्युले सम्पूर्ण चिकित्सा क्षेत्रमा क्षति पुगेको बताउँनुहुन्छ वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल । डा मुडभरी ओम अस्पतालका संस्थापक सदस्य समेत हुनुहुन्थ्यो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!