Thursday, December 3, 2020
Home > समाज > एक नेपाली महिलाले पर्खाल नाघेर अफिसरकाे काेठाभित्र घुसेर यस्ताे गरिरहेकाे आर्मीले देखेपछि..

एक नेपाली महिलाले पर्खाल नाघेर अफिसरकाे काेठाभित्र घुसेर यस्ताे गरिरहेकाे आर्मीले देखेपछि..

धनगढी । भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र गैरकानुनी रुपमा बसेको भन्दै एक नेपाली महिलालाई त्यहाँको प्रहरीले गिरफ्तार गरेको छ । २६ वर्षीया महिला नवलपरासीको भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनी एक आर्मी अफिसरको निवासमा बसेको भन्दै यस विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ । ती महिलाले प्रहरी अनुसन्धानको क्रममा मार्च २३ मा आफूले पर्खाल नाघेर प्रवेश गरेको बयान दिएकी छन् । तर उनी किन त्यसरी प्रवेश गरिन् भन्ने सम्बन्धमा उनले केही बताउन नचाहेको स्थानीय प्रहरीले जानकारी दिएका छन् ।

त्यस अगाडि ती आर्मी अफिसर र महिलाको बिचमा बाहिर भेट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसैले आर्मी अफिसरको संलग्नताको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ती महिलालाई मंगलबार अदालतमा पेश गरिएको थियो । – समाचारहरूकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

Leave a Reply

error: Please Dont Copy My Content!! !!