Thursday, November 26, 2020
Home > समाचार > विवाह भोजबाट फर्किएको गाडी दुर्घटना हुँदा बालबालिका सहित १४ जना रहेनन्

विवाह भोजबाट फर्किएको गाडी दुर्घटना हुँदा बालबालिका सहित १४ जना रहेनन्

एजेन्सी । एउटा विवाह भोजमा सहभागी भएर फर्किएको गाडी दुर्घटना हुँदा १४ जनाको निधन भएको छ ।

भारतमा भएको एक ठूलो सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका हुन् ।

भारतको उत्तर प्रदेशमा प्रतापगढ जिल्लास्थित प्रयागराज–लखनउ राजमार्गमा दुई गाडी आपसमा ठोक्किँदा १४ जनाको निधन भएको हो ।

निधन हुनेमा बालबालिकासहित पनि छन् । भारतीय मिडियाका अनुसार टायर पम्पचर भएपछि सडकको किनारमा रोकिराखेको ट्रकमा यात्रु सवार एसभीयू गाडी बिहीबार राति ठोक्किएको हो। त्यहाँका प्रहरी अधिकारीका अनुसार गाडीमा सवार यात्रु एक विवाहमा सहभागी भएर आफ्नो गाउँ फर्किंदै थिए।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै वरिष्ठ अधिकारीलाई दुर्घटना स्थलमा गएर उद्धारमा जुट्न निर्देशन दिएका छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!