Wednesday, December 2, 2020
Home > प्रवास > मोबाइल हेरिरहेका थिएअचानक उनको हातबाट मोबाईल भुइमा खसे लगत्तै प्राण त्यागे

मोबाइल हेरिरहेका थिएअचानक उनको हातबाट मोबाईल भुइमा खसे लगत्तै प्राण त्यागे

मलेसिया – सुरक्षागार्डको रुपमा बिगत १८ महिनादेखि मलेसियाको सेलाङ्गर राज्य सालम सेक्सन-२६ मा स्याकुरेट स्वएन्ज कम्पनीमा काम गर्दै आएका जिवन तामाङको सुतेकै अवस्थामा मृ’त्यु भएको छ। नुवाकोट, ककनि गाउँपालिका त्रिशुली स्थायी निवासी जिवन तामाङको मंगलबार राति मृ’त्यु भएको संगै कामगर्ने अर्का एक प्रत्यक्षदर्शी नेपालीले जानकारी दिएका हुन्। सम्बन्धित समाचारहरूकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस***

बिहानको काम सकिएर स्वास्थ्य अवस्था अलिक ठिक नभएको बताउदै तामाङले आफू साँझ क्लिनिक जान्छु भनेर क्लिनिक गएर फर्किएका उनका साथिहरुले बताए । क्लिनिकमा उपचार बारे के भएको भनेर सोधपुछ गर्दा तामाङले आफुलाई त्यस्तो केहि नभएको बताएका थिए

बेलुकी साथीहरूसंगै खाना खाएर सहजै सुतेका उनि मोबाइलमा भिडियो हेरिरहेका थिए । त्यति बेला नै अ’चानक उनको हातबाट मोबाईल तल भुइमा खस्यो साधारण छ’ट्प’टीएको जस्तो देखिएको थियो र लगत्तै केही छिनपछि प्रा’ण त्याग्नुभयो सँगै कोठामा बस्ने साथिले थपे।

यो समाचार तयार गर्दासम्म रोजगारदाता कम्पनी श्रोतका अनुसार मृतक तामाङको श’व पो’स्टमार्टमको लागि अस्पताल लगिसकेको र मृ’तकका परिवारको सल्लाह अनुसार आवश्यक कानुनी प्रक्रिया पुर्याएर शव स्वदेश फिर्ता गराउने जानकारी प्राप्त भएको छ।

सम्बन्धित समाचारहरूकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस***

Leave a Reply

error: Please Dont Copy My Content!! !!