Thursday, November 26, 2020
Home > जीवनशैली > अबदेखि मास्क नलगाई हिड्नेलाई यति धेरै जरिवाना, सतर्क रहनुस् है…

अबदेखि मास्क नलगाई हिड्नेलाई यति धेरै जरिवाना, सतर्क रहनुस् है…

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतको दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरिएको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मास्क नलगाउनेलाई अब दुई हजार भारु जरिबाना तिराइने बताएका छन् । यसअघि मास्क नलगाउनेलाई ५ सय भारु जरिबाना थियो । मुख्यमन्त्री केजरीवालले अनिवार्य मास्क लगाउन सरकारले गरेको आग्रह अटेर गर्नेलाई जरिबाना तिराइने बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै केजरीवालले छठ पर्वमा एकै ठाउँमा भेला भएर पूजा गर्दा कोरोना भाइरसको सङ्क्रमण थप फैलने जोखिम भएको भन्दै त्यसो नगर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यदि तपाईँहरू एकसाथ पानीमा छठ पूजा गर्नुहुन्छ भने यसले उच्च मात्रामा नागरिकमा कोरोना फैलन सक्छ ।’

दिल्लीमा सङ्क्रमण बढेसँगै अस्पतालमा शय्या नपाउने समस्या बढ्दै गएको छ । दिल्लीमा अहिले झण्डै सात हजार शय्या उपलब्ध छ । यस बाहेक झण्डै साढे चार सय आईसीयू पनि उपलब्ध रहेको त्यहाँको सरकारले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मुख्यमन्त्री केजरीवालले दिल्लीका निजी अस्पतालका ८० प्रतिशत आईसीयू अब कोरोनाका लागि छुट्याइने पनि बताएका छन् । यस्तै उनले बिरामीको उपचारमा खटिने डाक्टर तथा स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!