Thursday, December 3, 2020
Home > बलिउड > युट्युबर विरुद्ध खरो रुपमा उत्रिएपछि हाले ५०० करोडको मानहानीको मुद्दा

युट्युबर विरुद्ध खरो रुपमा उत्रिएपछि हाले ५०० करोडको मानहानीको मुद्दा

काठमाडौं । पछिल्ला दिनमा मनोरञ्जनका लागि युट्युव निकै सजिलो र भरपर्दो माध्यम बनेको छ । अहिले युट्युव यस्तो माध्यम बनेको छकी जसले समय बिताउने एउटा साथी र केही नयाँ कुरा सिक्ने, सिकाउने शिक्षककै काम गरेको छ । तर युट्युवरका कारण पनि कैयौँ समस्याहरु बल्झिएका छन् ।

युट्युवरले मनलाग्दी पोष्ट गरिदिँदा कतिपय निर्दोष मानिसहरु पनि अप्ठ्यारोमा परेका छन् । बिहारका युट्युबर राशिदले आफ्नो ‘एफएफ न्युज’ च्यानलमा बलिउड सुपरस्टारविरुद्ध काम गरेको अक्षयको आरोप छ ।

अक्षयकुमारले युट्युबर राशिद सिद्दीकी बिरुद्ध केस गरेका छन् । अक्षयले उनीविरुद्ध ५०० करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गरेका छन् ।

राशिदले सुशान्त सिंह राजपुतको मावलमा अक्षय कुमारलाई केही गम्भिर आरोप लगाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

युट्युवरकाअनुसार अक्षयकुमार सुशान्तको फिल्म ‘एम।एस धोनी’ को सफलताले खुशी नभएको र ती युट्युबरले अक्षयकुमारलाई रिया चक्रवर्तीलाई सहयोग गरेको आरोप समेत ति युट्युवरले लगाएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!