Friday, March 5, 2021
Home > भिडियो > मधेश टुक्रिन कसैले रोक्न सक्दैन, कस्ले रोक्न सक्छ? भनेपछि – भिडियो हेर्नुहाेस>>>

मधेश टुक्रिन कसैले रोक्न सक्दैन, कस्ले रोक्न सक्छ? भनेपछि – भिडियो हेर्नुहाेस>>>

जपाका शिर्ष नेता लक्ष्मणलाल कर्णसंग देशको समसामयिक राजनीति , प्रधानमन्त्री ओलीको सरकारमा राजपाको प्रवेश अनि राजपाले उठाउदै आएको संबिधान संसोधनको अन्तरवस्तु लगायतको बिषयमा माउन्टेन सम्बादमा गरिएको कुराकानीक्रममा मधेशलाई कसैले टुक्र्याउन सकदैन तर आफै टुक्रिने सक्ने बताएका छन् । अधिकारको लडाई सबैको समानताको लागि हो तर अधिकारको बांडफाँट समान र न्यायोचित नहुदा टुक्रिन पनि सक्ने बताएका छन् । पर्सा क्षेत्र नम्वर ३ बाट संघीय संसदमा निर्वाचित रहेका सांसद कर्णले संबिधान संसोधनबारे ओली सरकारले प्रष्ट धारणा नल्याएसम्म सरकारमा सहभागी नहुने पनि प्रष्ट पारेका छन् ।

हेर्नुस भिडियो:

कानुन ब्यबसायी समेत रहेका नेता कर्णले प्रदेश नम्बर दुईमा बाम गठबन्धनले निसर्त सहयोग गरेको कारणले र प्रधानमन्त्री ओलीले संबिधान संसोधन गर्ने बचन दिएको गर्दा ओली सरकारलाई समर्थन गरेको बताएका छन् ।

कुरा गर्दै कर्णले भने ”राजपालाई जनताले पत्याएर जति मत दिएका छन् हामी त्यसको सम्मान गर्छौं। विशेष गरी हामीले २ नम्बर प्रदेशमा आफूलाई स्थापित गर्न सक्यौं। राजपा र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल भएपछि चुनावी अभियान अघि बढायौं। जसको सम्भावना जहाँ छ त्यसरी निर्वाचन क्षेत्र छुट्यायौं। जनताको मतको सम्मान गर्छौं।”

संविधानले सबैलाई अधिकार दिएको छैन भनेर हामीले अनेकौंपटक भनिसकेका छौं । फेरि पनि यही र यस्तै आन्दोलन गर्नुपर्छ भने हामीलाई मान्य हुँदैन कि कसैले भनिदिनुपर्यो यो संविधान मेरो मात्र हो, नभए होइन भने सबैको भावनाको प्रतिनिधित्व हुनु आवश्यक छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *