Monday, November 23, 2020
Home > समाचार > दुःखद खबरः पत्रकार गोकर्ण गौतमको रहेनन्

दुःखद खबरः पत्रकार गोकर्ण गौतमको रहेनन्

काठमाडौं – पत्रकार गोकर्ण गौतमको निधन भएको छ ।

मस्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भई उनको बिहीबार बिहान निधन भएको हो ।

पत्रकार गौतमको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हाे ।

मस्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए । कला, साहित्य तथा सामाजिक विषयमा कलम चलाउँदै आएका ३१ वर्षीय पत्रकार गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए ।

३१ वर्षीय पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे । यसअघि उनी नेपाल साप्ताहिकमा कार्यरत थिए । गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!