Monday, November 30, 2020
Home > समाचार > पानीले उर्जा र जीवन दिन्छ, नेपालमा पानीका मुहान सुकेका छैनन् ! – मन्त्री भट्टराई

पानीले उर्जा र जीवन दिन्छ, नेपालमा पानीका मुहान सुकेका छैनन् ! – मन्त्री भट्टराई

मंसिर ०४, काठमाडौं । पछिल्लो समयमा फेरि नेकपा विवाद चुलिएकाे अवस्था छ । नेकपा स्थायी समिति सदस्य एबम् पर्यटनमन्त्री योगेश कुमार भट्टराईले पछिल्लो समय नेकपाका हरेक कार्यकर्ताले पार्टी बिभाजनको पीँडा भोगिरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी भएको उनको तर्क छ ।

नेकपाका युवा नेता भट्टराईले चीनका राजदूत यांछीको पहलका कारण भएको भन्ने कुराको प्रतिबाद गरेका हुन् सक्छन् । नेता भट्टराईले एमाले र माओवादीबिचको एकताबाट बनेको नेकपा बिभाजनको इतिहासलाई क्रमभङग गरी एकताको इतिहास् निर्माणको परिणाम भएको विचार व्यक्त गरेका छन् ।

पार्टीमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहालबीको द्वान्द्वको सीमा नाघेपछि चिनियाँ राजदरुतले राष्ट्रपति, प्रधानमन्त्रीलाई भेटेकी थिईन् । उक्त कुराको नेकपाबिभत्रसमेत ब्यापक छलफल भईरहेका बेला नेता भट्टराईको प्रतिकृया आएको हो । नेकपामा बिदेशी हस्तक्षेप छैन भन्दै उनले भनेका छन्, ‘घरेलु (नेपाली)बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी हो नेकपा । यसको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग गरिएको छैन ।

नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी हो ।’ उनले नेकपाको बिकास वा बिनास नेकपाभित्रै अन्तरनिहित भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा पानी कि पेट्रोल ? पेट्रोलले उर्जा, पानीले उर्जा र जीवन, नेपालमा पानीका मुहान सुकेका छैनन्!’

नेता भट्टराईको स्टाटस् फेसबुकबाट जस्ताकाे तस्तैः

Leave a Reply

error: Please Dont Copy My Content!! !!