Monday, November 30, 2020
Home > जीवनशैली > हास्य कलाकार देवीराम (भोक लाग्यो)लाई मातृशोक! अमेरिकामा के गर्दैछन् देवीराम?

हास्य कलाकार देवीराम (भोक लाग्यो)लाई मातृशोक! अमेरिकामा के गर्दैछन् देवीराम?

एजेन्सी । हास्य कलाकार देवीराम पराजुलीको आमाको निधन भएको छ । टेलिसिरियलमा ‘भोक लाग्यो’ नामले परिचित उनको आमाको निधन भएको हो । उनी लामो समय देखि अस्वस्थ्य थिइन् । उनकी आमा धनकुमारी पराजुलीको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दम तथा निमोनियाबाट पीडित पराजुलीको उपचारको क्रममा निधन भएको कलाकार जीतु नेपालले जानकारी दिए । कलाकार देवीराम भने अहिले अमेरिकामा रहेका छन् । अमेरिकामै केही अगाडि उनले कोरोनालाई जितेका थिए । हाँस्य श्रृंखला जिरे खुर्सानीमा भोकलाग्यो पात्रका रुपमा परिचित पराजुलीले अमेरिकामै आफुलाई कोरोना पुष्टि भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!