Monday, November 23, 2020
Home > समाचार > कोरोना सङ्क्रमणबाट भोजपुरमा पहिलोपटक २८ वर्षीया युवतीको घरमै मृत्यु

कोरोना सङ्क्रमणबाट भोजपुरमा पहिलोपटक २८ वर्षीया युवतीको घरमै मृत्यु

भोजपुर । कोरोना भाइरसका कारण भोजपुरमा एकको मृत्यु भएको छ । संक्रमणबाट षडानन्द नगरपालिका ८ तुङ्गेछा देवीथानकी २८ वर्षीया युवतीको ज्यान गएको हो ।गत कात्तिक १९ गते युवतीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको थियो ।


तस्बिरः युवराज विष्ट

रिपोर्टपछि घरकै होम आईशोलेसनमा रहेकी उनको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी कृष्णबहादुर चन्दले जानकारी दिए । मृतकको शव व्यवस्थापनका लागि नगरपालिकासँग समन्वय गरी नेपाली सेनाको टोली खटाईएको छ । भोजपुरमा पहिलोपटक कोरोना सङ्क्रमणबाट मृत्यु भएकी युवतीको शव व्यवस्थापन गरेको हो ।

त्यस्तै नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले ६ हजार ७३१ जनाको पीसीआर परीक्षणका क्रममा १४ सय ४२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।


तस्बिर: युुवराज विष्ट

आज तीन हजार ५३८ संक्रमणमुक्त भएका छन्। योसँगै आजसम्म एक लाख ८२ हजार ७८० जना कोरोना संक्रमणमुक्त भएका छन् । आज थप १२ जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!