Monday, November 30, 2020
Home > जीवनशैली > खुशीकाे खबरः अन्ततः कोरोनालाई पराजित गर्दै घर फर्किए अध्यक्ष केसी!

खुशीकाे खबरः अन्ततः कोरोनालाई पराजित गर्दै घर फर्किए अध्यक्ष केसी!

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड–१९ निको भएर घर फर्कनुभएको छ । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना हुनुभएका उहाँ मङ््गलबार अस्पतालमुक्त हुनुभएको हो । अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ ।

सरकारले उक्त कुराकाे उल्लख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिनुभएको छ। राष्ट्रिय जनमोर्चाले अध्यक्ष केसीकाे स्वास्थ्य अवस्था गम्भीर रहेकाे भन्दै सहयोगका लागि आह्वान गरेको थियाे । तर उनका छोरा सचित्र केसीले बिज्ञप्ति निकाल्दै भने बुवाकाे नाउँमा पार्टीले पैसा उठाउन थालेको भन्दै ‘पैसा उठाउने बहानामा कोही पनि नफस्न’ अनुराेध गरेका थिए । केसीको उपचारका लागि सरकारले सबै खर्च बेहोर्ने भन्दै प्रधानमन्त्री ओलीले घोषणा गरेका थिए ।

विराटनगरमा छठ पर्वको तयारी
विराटनगर, ३ मंसिर । अगाडिका वर्षहरुमा छठ पर्वमा भिडभाड हुने विराटनगरका खोला र पोखरी यस पटक सुनसान देखिन्छन् ।जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना महामारीका कारण खोला, पोखरी, तलाउ र नहरमा पूजाआजा गर्न निषेध गरेपछि विराटनगर भएर बग्ने सिंघिया खोला र केशलिया खोला तथा नहरमा छठ पर्वका लागि स्थानीयहरुले घाट पनि बनाएका छैनन् ।

सामूहिक भेला भएर पूजाआजा गर्दा कोरोना संक्रमण फैलिन सक्ने भएर जिल्ला प्रशासन कार्यालय मोरङले पण्डाल बनाएर पूजाआजा गर्न रोक लगाएको हो । तर व्यक्तिगत वा पारिवारिक रुपमा अर्घ दिन र पूजाआजा गर्न भने कुनै रोक नलगाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।खोला, पोखरी, तलाउ र नहरमा पूजाआजा गर्न नपाइने भएपछि र्सवसाधारणहरुले घरमा नै पोखरी बनाउने तयारी गरेका छन् ।

भगवान र्सर्यको उपासना गर्नका लागि पोखरी बनाइएको स्थानीयले बताएका छन् । छठको पूजाआजामा भिडभाड हुने भएकाले सुनसरी मोरङ सिचाई योजनाको नहरमा पनि पानी छोडिएको छैन । विराटनगरका स्थानीयहरुले आफ्नै विरोधमा खाल्डो खनेर पोखरी बनाइ छठ पर्व मनाउने भएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!