Tuesday, November 24, 2020
Home > समाचार > लेनदेनमा खाएको धोका नभुल्न यी तीन नेताहरूलाई झाँक्रीको आग्रह!

लेनदेनमा खाएको धोका नभुल्न यी तीन नेताहरूलाई झाँक्रीको आग्रह!

काठमाडौं।

नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रचण्ड, वामदेव र माधव नेपाललाई यसअघि अँध्यारो कोठामा स्वार्थ समूहसँग गरिएको सहमति कार्यान्वयन नहुँदा खाएको धोका नभुल्न आग्रह गरेकी छन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेतृ झाँक्रीले एक ट्विट गर्दै शीर्षस्थ नेतासँग यस्तो आग्रह गरेही हुन्। ‘आजको बैठक षड्यन्त्रपूर्वक पर नसारियोस्। समस्याको पहिचान गरिएको छ।

संवाद छलफल र विधिबाट निकास निकाल्न बैठक नै अन्तिम र वैध विकल्प हो,’ झाँक्रीले टि्वटरमा लेखेकी छन्, ‘बैठक, विधि छाडेर अँध्यारो कोठाका स्वार्थ समूहसँग गरेको लेनदेनमा खाएको धोका कम्तीमा कमरेड प्रचण्ड, कमरेड वामदेव र कमरेड माधवले नभुल्नू ।’

बुधबार (आज) का लागि तोकिएको नेकपा सचिवालय बैठक हुन्छ कि हुँदैन भन्ने अन्योल भइरहेका बेला नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत नेताहरूलाई खबरदारी गरेकी हुन् । nepalflash.com बाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!