Monday, November 23, 2020
Home > समाचार > प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता भएकाे खबर बाहिरिएपछि…

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता भएकाे खबर बाहिरिएपछि…

मंसिर ३, काठमाडौं ।


प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीका भेटवार्ता मंगलबार राति करिब डेढ घण्टासम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको स्रोतले बताएको छ ।

नेकपामा विवाद चर्किएको समयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पुनः बढेको छ । यो भन्दा पहिले पनि आन्तरिक विवादका कारण झण्डै फुट्न लागेको नेकपालाई बचाउन राजदूत यान्छीले भूमिका खेलेको बताइन्छ ।

नेकपा नेताहरुले गत वैशाखको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद बढेको थियो । त्यतिखेर पनि ओली, नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुलाई छुट्टै–छुट्टै भेटवार्ता गरी चर्किएको विवाद रोकेकी थिइन् ।

त्यसैगरी अहिले फेरि चर्किएको नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ । बिचारबाटिका डटकमबाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!