Monday, November 23, 2020
Home > समाचार > २ लाख दिंदा पनि विष्णु माझिको अनुहार हेर्न नपाएका यी गायक, यसो भन्छन्

२ लाख दिंदा पनि विष्णु माझिको अनुहार हेर्न नपाएका यी गायक, यसो भन्छन्

काठमाण्डौ । लोक तथा दोहोरी गायिका विष्णु माझि लामो समय भएको छ सार्वजनिक भएकी छैनीन् । शुरुका दिनहरुमा उनको एकाध तस्वीर भने सार्वजनिक भएको पाउन सकिन्छ । तर हिजोआज उनलाई कसैले पनि देख्न पाएका छैनन् । उसो त यो गीतसंगीतको क्षेत्रमा आउना साथ आफुलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्न जो कोही पनि अग्रसर नै भई रहन्छन् । तर चर्चित गायिका विष्णु माझि भने अहिलेसम्म सार्वजनिक भएकी छैनन् ।

एकताका उनलाई उनकै श्रीमान सुन्दर मणीले घरेलु हिंसा गरेर घर भित्रै मात्र राख्ने गरेको र घरबाट बाहिर यदि जानु परेको खण्डमा उनकै निगरानीमा जाने गर्छिन् विष्णु माझि भन्ने खबरहरु पनि बाहीरिएको थियो । त्यो विषयमा पनि लामो समयसम्म कुनै प्रतिकृया नजनाएकी गायिका विष्णु माझिले एक्कासी आफुलाई श्रीमानले कुनै प्रकारको हिंसा नदिएको भन्ने अभिव्यक्ति दिएको कुरा सार्वजनिक भएको थियो ।

र त्यतिबेला पनि उनी आफु भने सार्वजनिक भएकी थिईनन् । उनको यही सार्वजनिकको विषयलाई लिएर विभिन्न कुराहरु बजारमा चलिरहंदा उनै गायिका विष्णु माझिसंग काम गरेका गायक राजन गुरुङ्गले एउटा यस्तो खुलासा गरेका छन् कि उनको कुरा सुन्दा सुन्नेलाई पनि आश्चर्य लाग्न सक्छ । गायक राजनको भनाई अनुसार गीतको रि भोकल सुट गर्ने बेलामा विष्णुलाई प्रत्यक्ष देख्न पाएनन् ।

त्यसपछि उनको फोटो खिच्न अनुमति माग्दा विष्णुसंगै आएका सुन्दरमणीले खिच्न नदिएको उनले बताएका छन् । उनको भनाई अुनसार त्यो समयमा एकनारायण लगाएत अन्य कलाकारहरु पनि थिए । गायक राजनले बिनम्रताका साथ अनुरोध गर्दा पनि सुन्दरमणीले विष्णु माझिको फोटो दिएनन् । राजनको आफ्नो पहिलो प्रस्तुती नै गायिका विष्णु माझिसंग थियो ।

त्यतिबेला उनले विष्णु माझिलाई ‘उही खोलीको पानी उही खोलीको माछा’ बोलको गीत गाउँदा पारिश्रमीकका रुपमा जम्मा चार हजार दिएका थिए भने । जुन गीत सर्वाधिक चर्चित भएको थियो । तर यसपालि भने राजनले ‘मायालु तिमी मुटुमा छौ’ बोलको गीतकालागी विष्णु माझिलाई २ लाख दिएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!