Monday, November 30, 2020
Home > प्रवास > हङकङ आगलागीमा मृत्यु हुने नेपालीहरूको संख्या ११ पुग्यो

हङकङ आगलागीमा मृत्यु हुने नेपालीहरूको संख्या ११ पुग्यो

काठमाडौं, २ मङ्सिर । हङकङस्थित एक नेपाली रेस्टुरेन्टमा आइतबार राति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ । हङकङको कार्मालोन क्षेत्रमा नेपालीले सञ्चालन गरेको जिरे खुर्सानी नामक रेस्टुरेन्टमा आगलागी भएको थियो । मृत्यु हुनेमध्ये ७ जना नेपालीको भने सनाखत भइसकेको छ।

आगलागीमा परी मृत्यु हुनेमा ३८ बर्षीय युवराज कँडेल, १३ बर्षीय कृतिका कँडेल, ३५ बर्षीय राजबाबु नेपाल, ९ बर्षीय रियान नेपाल र ३९ बर्षीय शेरबहादुर गुरुङ छन। यसैगरी, ३२ बर्षीया अनिता निरौला र ४० बर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ । जन्मदिन मनाउन बालिएको मैनबत्तीबाट आगलागी भएको बताइएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौं, २ मङ्सिर । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली साथै सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात भएको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यो पनिः सर्लाहीवासी भन्छन्- नाका नखोलिए आन्दोलन गर्छौं
सर्लाही, १ मङ्सिर । नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरु समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

सोमबार जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षीय बैठकले भोलिदेखि आन्दोलन गरिने निर्णय गरेको जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मङ्सिर २ र ३ गते ११ बजेदेखि १ बजे सम्म धर्नामा बस्ने निर्णय गरेको छ ।

सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, सङ्घीय सभा, प्रदेशसभाका सदस्य, पालिका प्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।धर्नापश्चात पनि सीमा नाकाहरु खुल्ला नगरिए आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने प्रमुख चौधरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सीमा नाका मङ्सिर १ गतेदेखि खुल्ने आशमा रहेका जनता कात्तिक ३० गते सरकारले थप एक महिना बन्द गर्ने निर्णय गरेपछि आक्रोशित बनेका हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!