Monday, November 30, 2020
Home > प्रवास > तिहारकै बेला हङकङबाट आयो दुःखद खबर, बिचरी बिनिता सहित ७ जनाको निधन!

तिहारकै बेला हङकङबाट आयो दुःखद खबर, बिचरी बिनिता सहित ७ जनाको निधन!

काठमाडौँ- हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार राति ८ बजेतिर लागेको आगोमा चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ । बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीले समाजका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना हुँदा बागलुङका धेरै परेको जनाएका छन्।

‘राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा दुर्घटना भएको हो, उनको छोरीको मृत्यु भएको भन्ने खबर छ’, बुढाथोकीले भने। उनले बागलुङ समाजका कार्यसमिति सदस्य कृष्ण कँडेलको क्वीन एलिजावेथ अस्पतालको आईसीयूमा उपचार भइरहेको बताए। यमलाल कँडेलले राजको क्वांग वाह अस्पतालमा र उनकी छोरीको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको बताए।

दुईजनाको अवस्था अझै गम्भीर रहेको जनाइएको छ । हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ। अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिएका थिए। उक्त आगलागीमा परि बिनिता तामाङ श्रेष्ठको पनि मृत्यु भएको खबर उमेश राइले फेसबुकमा एउटा पोस्ट राख्दै पुष्टी गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, सँगै खेली हुर्केर एसएलसी पछि छुटेको हामी २२ साल पछि फलैंचा रेस्टुरेन्टमा भेटेका थियौं । ठिक त्यस्को दुईसाल पछि फेसबुकले फोटो घुमाएर देखायो ठिक त्यहि दिन हंकङको एक रेस्टुरेन्टमा भएको आगलागीमा परेर आफ्नो जीवन गुमाएछौ । अकल्पनीय लाग्छ अझै सम्म । कसरि यस्तो भयो ?? शोक सन्तप्त सबै परिवारमा धैर्य धारणको शक्ति मिलोस् । स्वार्गमा बास मिलोस् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!