Sunday, July 11, 2021
Home > समाचार > एक छोरा, तीन छोरी दृष्टिविहीन रहेको गन्धर्व परिवारलाई छोएन दशैँले, आमा भन्छिन् “छोराछोरीले दशैँ आयो, नयाँ कपडा चाहियो भन्छन्, तर मसँग पैसा छैन”

एक छोरा, तीन छोरी दृष्टिविहीन रहेको गन्धर्व परिवारलाई छोएन दशैँले, आमा भन्छिन् “छोराछोरीले दशैँ आयो, नयाँ कपडा चाहियो भन्छन्, तर मसँग पैसा छैन”

बालाराम खड्का, तुलसीपुर – अरुका घरमा दशैँ आएको छ, तर तुलसीपुर–४ रक्षाचौका दृष्टिविहीन रुपा गन्धर्वको परिवारलाई भने दशैँले छोएको छैन । एक छोरा, तीन छोरी दृष्टिविहीन भएकाले सो परिवारलाई दैनिकी टार्न नै समस्या छ । “छोराछोरीले दशैँ आयो, नयाँ कपडा चाहियो भन्छन्, तर मसँग पैसा छैन” रुपाले भन्नुभयो ।

श्रीमान्ले दोस्रो विवाह गरेपछि ती साना बालबालिकालाई पालनपोषण गर्नुपर्ने भएका कारण आफू निकै समस्यामा परेको उहाँको भनाइ छ । “वरपर दशँै आएको छ, छिमेकीको घरमा मीठोमीठो पाक्छ, तर हामीलाई भने दैनिकी चलाउननै समस्या छ” उहाँले भन्नुभयो । सम्पत्तिको नाममा छ वटा बाख्रा भएको र अन्य आयस्रोत केही नभएको बताउउने उहाँलाई आफ्नो घर नहँुदा भाडामा रु एक हजार तिरेर बस्नुपर्ने अवस्था छ । यसअघि विभिन्न सङ्घ संस्था र व्यक्तिले दशँै तिहारमा सहयोग गर्ने गरे पनि हाल भने सहयोग नपाएको गुनासो गर्नुभयो । “आज मात्र एक जना परिवारले खाद्यान्न र कपडा सहयोग गर्नुभएको छ, यसैले दशैँ मनाउने सोचमा छौँ उहाँले भन्नुभयो ।

कक्षा ४ मा पढ्दै आएका रुपाका जेठा छोरा गणेश गन्धर्वले कहिलेकाहीँ त भोकभोकै बस्नुपर्ने बताए । “अरुले सहयोग गरे खाने हो, होइन भने कपाउने कोही छैन् आमाले बहिनीहरुको हेरचाह गर्ने की कमाउने समस्या छ” उनले भने ।

त्यसैबीच सञ्चारकर्मी चेतन रेग्मीको परिवारले सोमबार रुपाको घरमा पुगेर दशैँका लागि खाद्यान्न, कपडा र नगद सहयोग गर्नुभएको छ । उहाँले गन्धर्व परिवारको अवस्था कमजोर भएको भन्ने जानकारी पाएपछि आफ्नो तर्फबाट केही सहयोग गरेको बताउनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!