Tuesday, November 24, 2020
Home > अन्तराष्ट्रिय > तनावग्रस्त क’श्मीर सेनाको बं’कर ध्व’स्त, पाकिस्तानले गर्यो ड’रलाग्दो ह’मला, यति धेरै मा’रिए ! (भिडियो हेर्नुहोस)

तनावग्रस्त क’श्मीर सेनाको बं’कर ध्व’स्त, पाकिस्तानले गर्यो ड’रलाग्दो ह’मला, यति धेरै मा’रिए ! (भिडियो हेर्नुहोस)

तनावग्रस्त क’श्मीर सेनाको बं’कर ध्व’स्त, पाकिस्तानले गर्यो ड’रलाग्दो ह’मला, यति धेरै मा’रिए !

भिडियो हेर्नुहोसः

यो पनिः पत्रकार तेजबहादुर खड्काको एउटा हड्डी मात्रै भेटीएपछि गरियो आज अन्त्येष्टि

नेपाल प्रेस युनियन डोटीका सस्थापक अध्यक्ष पत्रकार तेजबहादुर खड्का (तेजु) को आज अन्त्येष्टि गरिएको छ । रेडियो नेपाल दिपायलमा लामो समय काम गरेका पत्रकार खड्का विसं २०७५ भदौ ९ गते बाजुराको प्रसिद्ध क्षेत्र बूढीनन्दा मेलाबाट फर्कने क्रममा बेपत्ता भएपछि खोजीका क्रममा जिवित नरहेको पुष्टि भएपछि विधिवत अन्त्येष्टि गरिएको हो ।

उहाँका दाजु कृष्ण खड्का र छोरा सुमन खड्काले सेती नदी किनारमा दागबत्ती दिएर आज अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि कार्यक्रममा नेपाली काँग्रेस डोटी जिल्ला नेता जीतबहादुर खड्का, क्षेत्रीय सभापति विजय खड्का र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

बेपत्ताको दुई वर्षपछि विसं २०७६ मङ्सिर २ गते जडिबुटी संङ्कलन गर्न गएका बाजुराका स्थानीयवासीले खड्काको ज्याकेट, झोला, पर्स, परिचयपत्र, मोबाइलसहित कङ्काल फेला पारेका थिए । कङ्काललाई नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँकी आमा मन्धरीदेवी खड्काको रगतसँग डिएनए परीक्षण गर्दा सो अवशेष पत्रकार खड्काकै भएको पुष्टि भएको थियो । त्यसपछि गत असार १७ गते सरकारले पत्रकार खड्काको मृत्यु भएको घोषणा गरेको थियो ।

बेसहारा तथा घाइते परिवारलाई आर्थिक सहयोग

अभिभावकको मृत्यु भएपछि बेसहारा भएका सायल गाउँपालिका–४ भल्माका तेजबहादुर बोगटीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । भारतमा काम गर्दै आउनुभएका बोगटीको केही महिना पहिले अकश्स्मात निधन भएपछि नेपाल बिद्यार्थी सङ्घका जिल्ला नेता दीपेन्द्रबहादुर सिंहको पहलमा भारतमा काम गर्ने जिल्लाका स्थानीयवासीले रु एकलाख २६ हजार ४०० सङ्कलन गरी उहाँका परिवारलाई उक्त रकम प्रदान गरिएको छ । बोगटीको मृत्यु भएपछि उहाँका एक श्रीमती, एक छोरा र तीन छोरी बेसहारा बनेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!