Tuesday, December 1, 2020
Home > बलिउड > सुशान्त सिंह राजपूतको घटना सेलाउन नपाउँदै बलिउडमा अर्का अभिनेता मृत भेटिए!

सुशान्त सिंह राजपूतको घटना सेलाउन नपाउँदै बलिउडमा अर्का अभिनेता मृत भेटिए!

काठमाडौं । बलिउड अभिनेता आसिफ बसरा मृत अवस्थामा फेला परेका छन्। शुक्रबार हिमाञ्चल प्रदेशको धर्मशाला स्थित एक निजी कम्प्लेक्समा उनी झुण्डिएकोअवस्थामा भेटिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। घटनास्थलमा प्रहरी टोली पुगेको र प्रहरीले अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ। आसिफको ५३ बर्षको उमेरमा निधन भएको हो।

बसरा पछिल्लो ५ वर्षदेखि म्याक्लोडगन्जस्थित एक घरमा भाडामा बस्दै आएका थिए। उनीसँग एक विदेशी महिला पनि बस्थिन्। आसिफ बसरा मौलिक र फरक अभिनयका कारण बलिउडका रुचाइएका कलाकार हुन्।

अमेरिकी कमेडी फिल्म आउटसोर्स्डमा खेलेपछि उनी चर्चाको शिखरमा पुगेका थिए। यसका अलावा उनले कयौँ हिन्दी फिल्ममा पनि काम गरेका थिए।

उनले परजानिया, ब्ल्याक फ्राइडे, वन्स अपन अ टाइम इन मुम्बई, कृष–३, एक भिलेन, जब वी मेट आदि चलचित्रमा काम गरेका छन्। उनका थुप्रै टिभी सिरियल पनि प्रशारित छन्।

केही समयअघि बलिउड अभिनेता सुशान्त सिंह राजपूतले पनि मूम्बईमा आफ्नै घरमा मृत्युवरण गरेका थिए। सुशान्त सिंह राजपूतको घटना सेलाउन नपाउँदै बलिउडलाई अर्को धक्का लागेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!