Tuesday, July 13, 2021
Home > समाचार > भारतको अर्को दादागिरी ! नेपाली जुट उद्योग बर्वाद पार्न चाल्यो यस्तो कदम… सक्दो शेयर गरौ

भारतको अर्को दादागिरी ! नेपाली जुट उद्योग बर्वाद पार्न चाल्यो यस्तो कदम… सक्दो शेयर गरौ

विराटनगर, ३१ असोज । नेपालबाट आयात गरिएका जुटका तयारी वस्तुमा भारत सरकारले एण्टी डम्पिङ ड्युटी लगाउन थालेको छ । नेपाली वस्तुमा गैर भन्सार अवरोध पु¥याउदै आएको भारतले पछिल्लो पटक तयारी जुट सामग्रीमा एण्टी डम्पिङ ड्युटी लगाएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगहरुलाई प्रतिष्पर्धा गर्न गाह्रो भएको छ ।

भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी भारतीय बजारमा नै तयारी वस्तु पठाइरहेको बेला भारत सरकारले तयारी जुट सामग्रीमा ४ प्रतिशतसम्म एण्टी डम्पिङ ड्युटी लगाएको छ ।

नेपाली उत्पादनलाई प्रतिष्पर्धा गर्नै नसक्ने पार्न भारत सरकारले एण्टी डम्पिङ ड्युटीका साथै जुट कमिश्नरले चिनी र खाद्यान्न प्याकेजिङमा नेपाली उत्पादन प्रयोग नगर्न निर्देशन समेत दिएको नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिनुभयो । जुटका सामग्री सबैभन्दा बढी चिनी, चामल र दाल प्याकेजिङमा प्रयोग हुने गरेको छ ।

विभिन्न करहरु लगाएर नेपाली उत्पादनलाई प्रतिस्पर्धा गर्नै नसक्ने बनाएको भारतमा यसअघि नेपाली उत्पादनलाई साढे १२ प्रतिशत सिभिडी अर्थात काउण्टर भ्यालु ड्युटी लगाएको थियो । सुनसरी मोरङ औद्योगिक कोरिडोरका ११ वटा जुट उद्योगहरु मध्ये प्रतिष्पर्धा गर्न नसकेर ५ वटा जुट उद्योगहरु बन्द भईसकेका छन् भने अन्य उद्योगहरु जेनतेन चलिरहेका छन् ।

यहाँका जुट उद्योगहरुले वार्षिक करिब २ अरब रुपैयाँ बराबरको कच्चा जुट भारत र बंगलादेशबाट आयात गरी ६ अरब रुपैया बराबरको तयारी जुट सामग्री भारत निर्यात गर्दै आएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!