Monday, November 23, 2020
Home > Uncategorized > इच्छा कामना मन्दिर दर्शन गर्न पुगे पूर्वयुवराज पारस शाह …

इच्छा कामना मन्दिर दर्शन गर्न पुगे पूर्वयुवराज पारस शाह …

चितवन ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित कुरिनटारमा पूर्वयुवराज पारस शाह आएका छन्। पोखराबाट मध्यान्ह करिब १२ बजे आफ्ना सहयोगी सहित पूर्वयुवराज पारस शाह कुरिनटार आएका हुन्।

यहाँ आएर उनले कुरिनटारमा रहेको इच्छाकामना मन्दिरमा बिधिबत पूजा–अर्चना सम्पन्न गरेका छन्। शाहले स्थानिय पुजारी थानेश्वर काप्रीको सहयोगमा मन्दिरको विभिन्न पिठहरुमा पूजा गरेका पूजाको लागि ब्यबस्थापन गरेका स्थानिय युवा तथा समाजसेवी कृष्ण श्रेष्ठले जानकारी दिएका छन्।

१९७१ को डिसेम्बरमा जन्मिएका पूर्व राजा ज्ञानेन्द्र साहको पुत्र पारस शाहको कुरिनटार स्थित मन्दिर भ्रमणको लागि ‘ए टि एफ फोर्स’ (atf)इच्छाकामनाका सदस्यहरुले स्वागत र सुरक्षाको ब्यबस्थापन गरेको थिए ।

पारसले भने स्थानिय समाजसेवि कृष्ण श्रेस्ठले अनुरोध सहित अन्य ब्यबस्थापकिय भुमिका खेलेका थिए। पूर्व युवराज शाहलाई स्वागत गर्न तथा हेर्न मात्रै भएपनि स्थानियहरुमन्दिर परिसरमा उपस्थित भएका थिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!