Monday, November 23, 2020
Home > भिडियो > तिहारमा रबि दाईलाई सम्झिदै यसरी भक्कानिइन बुहारी अस्मिता, जीत भित्रकाे हार भयो (भिडियो हेर्नुस्)

तिहारमा रबि दाईलाई सम्झिदै यसरी भक्कानिइन बुहारी अस्मिता, जीत भित्रकाे हार भयो (भिडियो हेर्नुस्)

काठमाडौ । चितवनको रवि रुवाली र रञ्जना मैनालीको घटनामा अदालतले एक वर्ष पछि फैसला सुनाएको छ । अदालतले रञ्जनालाई दो षी ठहर गरेको छ । साथै रविको परिवारलाई उनले लिएको पैसा पनि फिर्ता तिर्नु पर्ने फैसला सुनाएको छ । रवि रुवालीको बुवाले अदालतको यो फैसलाले आफुहरुले आंशिक न्याय पाएको बताए । आफुहरुले ५ वर्ष कै द हुनुपर्ने माग राखेको भएपनि अदालतले २३ दिनको कै द मात्र फैसला सुनाएको बताएका छन् ।

गएको १९ गते भएको फैसलाले रञ्जनालाई दोषी ठहर गरेको थियो भने २८ गतेको फैसलामा रञ्जनालाई कै द सजाय सुनाएको छ । रञ्जनाले रविको घरवाट अध्ययनका लागि खर्च गरेको रकम पनि फिर्ता पनि गर्नुपर्ने भएको छ । रविको बुवाले ५० लाख रुपैया लगानी गरेको दावी गरेका थिए तर अदालतले २१ लाख र त्यसमा लाग्ने ब्याज पनि तिर्नुपर्ने बताएका छन् ।

रविसंग विवाह भएपछि रञ्जना अष्ट्रेलिया पढ्न गएकी थिइन् । त्यती बेला अष्ट्रेलियामा पढ्न लाग्ने सबै खर्च रविको वुवाले गरेको बताएका छन् । अदालतले रञ्जनालाई २३ दिनको कै द सुनाएको छ तर रञ्जना यस अघि नै २३ दिन हिरासतमा बसीसकेकी छन् । रविको वुवाले पैसा आफ्नो लागि कुनै ठूलो कुरा नभएको बताएका छन् ।

रञ्जनालाई सजाय माग गरेको भए पनि त्यो पुरा नभएका कारण जित भित्र पनि हार भएको जस्तो भएको रबिकि भाइ बुहारी अस्मिताले बताएकि छिन् । परिवारको सल्लाहमा अष्ट्रेलिया गएकी रञ्जना त्यहाँ पुगेपछि परिवर्तन भएको रविको परिवारको आरोप छ । रञ्जनाले हेला गरेका कारण रविले देह त्याग गरेको आरोप लगाउँदै अदालत पुगेका कुरा थिए । यतिबेला तिहारकाे माहाैलमा रबि दाईलाई सम्झेर यसरी भक्कानिन्छिन् बुहारी अस्मिता ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!