Monday, November 23, 2020
Home > समाचार > तिहारकै मुखमा बैतडीबाट आयो यस्तो दुःखद खबरः बस दुर्घटनामा नाै जना रहेनन्, घाइतेहरूकाे यस्तो बिजोग!

तिहारकै मुखमा बैतडीबाट आयो यस्तो दुःखद खबरः बस दुर्घटनामा नाै जना रहेनन्, घाइतेहरूकाे यस्तो बिजोग!

बैतडी, कात्तिक २८ । बैतडीको पाटनमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । बस सडकबाट ६०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् ।

मृत्यु हुने मध्ये केहीको पूूर्ण पहिचान खुलेको छ भने केहीको ठेगाना खुल्न बाँकी रहेको जनाइएको छ ।मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रण बहादुर चन्द, करन ऐर रहेका छन । ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका अन्य दुई जनाको भने सनाखत हुनसकेको छैन ।

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ । साहुु आफैँ चालक रहेका र उनीसमेत घाइते भएका छन् । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!