Wednesday, December 2, 2020
Home > समाचार > कालिकोटबाट आयो दुःखद खबरः एम्बुलेन्सका ड्राइभर नै रहेनन्

कालिकोटबाट आयो दुःखद खबरः एम्बुलेन्सका ड्राइभर नै रहेनन्

कालिकोट, २८ कात्तिक । एम्बुलेन्स दुर्घटा हुँदा एम्बुलेन्स चालकको घटना स्थलमै मृत्यु भएको छ । स्थानीय गाउँमा बिरामी पुगाएर कालिकोट सदरमुकाम फकिँदै गर्दा खाँडाचक्र नगरपालिका ८ सेरावाडामा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्रबहादुर शाहले बताउनुभयो ।

पृथ्वी रक्तदान बिर फाउन्डेसले संचालनमा ल्याएको कर्णाली प्रदेश ०२००१ च १९२ नम्बरको एम्बुलेस सडकदेखि अन्दाजी ३० मिटर तल खसेको हो । एम्बुलेन्स दुर्घटनामा दैलेख चामुन्डा बिन्दासैनीका खकेन्द्र बहादुर शाहीको मृत्यृ भएको छ ।

यो पनिः ‘ओलीजीले कोठाबाट पार्टी सञ्चालन गर्नुभयो, अब हटाइन्छ’ : प्रचण्ड
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेको बेलामा गुटका भेला र बैठक जारी छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नजिककाहरुसंग छलफल र बैठक तिब्र पारेका छन् भने पुष्पकमल दाहाल प्रचण्डसंग वामदेव गौतम, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु छन् । उनीहरुको पनि दिनहुँ बैठक र छलफल चलेका छन् ।

प्रधानमन्त्री ओलीले एकलौटी रुपमा पार्टी र सरकार चलाएको भन्दै अन्य ५ नेताहरु रिसाएका छन् । उनीहरु अब वार पार कुरा गर्ने मनस्थितिमा पुगेका छन् । त्यसैले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यस्तै रवैया कायम रहे उनलाई हटाउने सम्मको योजना बनाएको बुझिएको छ ।

बुधबार साँझ आफूलाई भेट्न खुमलटार पुगेका केन्द्रीय सदस्यहरुसँग अध्यक्ष प्रचण्डले नेकपाको उदेश्य समाजवादी मोडलमा जाने रहेको भएपनि प्रधानमन्त्रीले त्यसको वागडोर अन्यत्रै लगेको टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री अ‍ोलीले नेकपालाई समाजवादी मोडलमा लैजान नसकेको भन्दै ‘फाल्ने’ चेतावनी दिए । उनले पार्टी फूटे पनि माअ‍ोवादी र एमाले भएर नफुट्ने बताए । उनले दुवै पार्टीका नेताहरु मिलेर पार्टी टुक्रिने बताएका छन् ।

उनले अहिलेको संघर्ष पूर्व माओवादी र पूर्व एमालेबीचको नभएर विचार र आचरणको संघर्ष भएको बताएका छन् । त्यसैले विधि र प्रक्रिया मिल्नेहरु एक ठाउँमा हुन्छौं’, उनले भने, ‘पार्टी एकताताका नेकपा समाजवादतिरको यात्रामा जान्छ भनेका थियौं । पार्टीले समाजवादतर्फ उडान भरिरहेको छैन । समाजवादलाई अन्तै मोड्ने धोकेबाज पाइलटलाई हटाइन्छ ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीलाई सहयोग गर्दा पनि एकलौटी पार्टी र सरकार सञ्चालन गरेको गुनासो गरेका छन् । उनले ओलीले कोठाबाट पार्टी सञ्चालन गरेको आरोप लगाएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!