Monday, November 23, 2020
Home > समाचार > बिहानै हेटाैडाबाट आयो दुःखद खबर

बिहानै हेटाैडाबाट आयो दुःखद खबर

मकवानपुर, २८ कार्तिक । हेटौँडा-नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा आज बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान करिब २ बजेको समयमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको डिब्बावाला ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सर्लाही चक्रघट्टाका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका रायको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । प्रहरीले दुवै सवारी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!