Tuesday, November 24, 2020
Home > Uncategorized > छोरालाई जन्मदिएकि ३० वर्षीया डम्बरी, जन्मिदै टुहुरो पारेर आफै यो सँसारबाट विदा भइन्!

छोरालाई जन्मदिएकि ३० वर्षीया डम्बरी, जन्मिदै टुहुरो पारेर आफै यो सँसारबाट विदा भइन्!

डोटी – उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिनुभएकी उहाँको र’क्तस्रा’व नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको थियो । प्रादेशिक अस्पतालमा समेत उपचार गर्दा र’क्तस्रा’व नरोकिएका कारण उहाँको मृत्यु भएको हाे ।

स्थानीयवासी योगेन्द्र कठायतले दिएकाे जानकारी अनुसार डेलिभरीका लागि प्रादेशिक अस्पताल लगिएकि डम्बरीकाे उपचारकै क्रममा अत्यधिक र क्तश्रा व भएकै कारण मुत्य भएकाे बुझिएकाे छ । उहाँले जन्माउनुभएको नवजात शिशुको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । मृतकका दुई छोरी तथा एक चार दिनको छोरा छन् । मृतकको बुधबार नै अन्त्येष्टि गरिएको घरपरिवारले जनाएको छ ।

यो पनि : पिसीआरको नक्कली रिपोर्ट बनाउने पक्राउ

चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्पmत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे । उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ ।

पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!