Monday, November 23, 2020
Home > समाचार > बिहानै कलंकीमा भयङ्कर दुर्घटनाः तीन जना घटनास्थलमै ठहरै…

बिहानै कलंकीमा भयङ्कर दुर्घटनाः तीन जना घटनास्थलमै ठहरै…

काठमाडौँ- क‌लंकीमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कलंकीस्थित मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको कुखुरा बोकेको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनै जना कुखुरा बोकेको ट्रकको भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले बताए । समाचार आजकाे विभिन्न अनलाइनहरूमा छापिएकाे छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराका अनुसार दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामा, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र एकजना अन्यको सहिद मेरोरियर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको डीएसपी बोहराले बताए । दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

तस्विरहरूमा हर्नुस्ः

Leave a Reply

error: Please Dont Copy My Content!! !!