Tuesday, November 24, 2020
Home > समाचार > बधाई छ! रवी लामिछाने र पत्नी निकिता कोरोना मुक्त, रविले भने, सोचे झै कोरोना रैनछ

बधाई छ! रवी लामिछाने र पत्नी निकिता कोरोना मुक्त, रविले भने, सोचे झै कोरोना रैनछ

काठमाडौँ- सञ्चारकर्मी रवी लामिछाने र उनकी पत्नी निकितालाई कोरोना संक्रमण बाट मुक्त भएका छन् । लामिछानेले आज सामाजिक सञ्जालमार्फत आफू र पत्नी निकिता दुबैलाई संक्रमण मुक्त भएको जानकारी दिएका छन् । उनले केही पेशागत क्रियाकलाप र केही आफ्नै लापरबाहीले आफूलाई संक्रमण भएको हुन सक्ने बताएका भन्दै केहि दिन अघि बताएका थिए ।

कोरोना मुक्त भएपछि उनले सामाजिक संजालमा लेख्दै भनेका छन्, १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी दुबैको PCR रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो।विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ। निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे Rabindra Sameer तथा डा.विश्वनाथ कोइराला(ॐअस्पताल)प्रति आभार प्रकट गर्दछौ।सोचे झै कोरोना रैनछ।

उनले केहि दिन अघि संक्रमण हुँदै गरेको जानकारी दिदै भनेका थिए, ‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ। घरमा हामी दुई मात्र छौँ, धेरै समस्या छैन तर घरमा बृद्ध अवस्थाका सदस्यहरु हुनेले लापरबाही नगरौँ।’

फेसबुकबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!