Wednesday, December 2, 2020
Home > समाचार > दुर्घटनामा ज्यान गुमाएका श्रीमान श्रीमतिको एकै चितामा हालेर यसरी गरियो अन्तिम संस्कार

दुर्घटनामा ज्यान गुमाएका श्रीमान श्रीमतिको एकै चितामा हालेर यसरी गरियो अन्तिम संस्कार

काठमाडौ । बर्दियामा सोमवार भएको एउटा घटनाले जिल्ला शोकमा डुवेको छ । मोटरसाइकल दुर्घटनामा परी बर्दियाका सन्त वहादुर रिमालका कान्छो छोरा र वुहारीको निधन भयो । सानै उमेरमा संसार छोडेका यि जोडीलाई एउटै चितामा राखेर अन्त्यष्टि गर्दा उपस्थित सबैको आँखा रसायो । सोही घटनामा सहभागी भएका स्थानिय प्रदिप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् –

‘जिवनमा पहिलो पटक देखे एक चिता दुई शरिर मर्माहित दुखद घटना एउटै चिता मा दम्पति लाई दाग वत्ति, धन्य भगवान निष्टुरि दैवको लिला !! सन्त वहादुर रिमाल का कान्छो छोरा र वुहारिको मोटरसाईकल दुर्घटना वाट दुवै जनाको निधनले हामी सवै स्तव्ध छा‌ै दुव‌ै को स्वर्गमा बाँस होस, मृत आ त्माको चिर शान्तिको कामना र शोकाकुल परिवार जन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ !’ – प्रदिप ज्ञवाली, वढैयाताल ८ वर्दिया

शनिबार राती ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको भे ३ प ७८७० नम्बरको मोटर साइकल र पश्चिमबाट पुर्व तर्फ गैरहेको भे १ त ५०९९ नम्बरको काठ लोड गरेको टेक्टर आपसमा ठोकिदा मोटर साइकलमा सवार श्रीमान र श्रीमतिको मृत्यु भएको हो । बढैयाताल गाउँपालिका–७ पचासा बस्ने अर्जुन रिमाल र उहाँको पत्नि ललिता रिमालको मृत्यु भएको हो । अर्जुन २५ वर्षका थिए भने उनकी श्रीमती २३ वर्षकी थिईन् ।

घटनाको विषयलाई लिएर बढैयाताल पचासाका स्थानियले चक्का जाम गरेका थिए । टेक्टर धनि र मृतकका पक्ष बिच सम्झौता भई चक्का जाम खुलेको थियो । टेक्टर धनिले मृतक पक्षलाई नियमानुसार क्षतिपुर्ति उपलब्ध गराउने र क्षतिग्रस्त मोटर साइकलको पुनः मर्मत गराउने सम्झौतामा चक्का जाम खुलेको जनाईएको थियो । उक्त घटनामा संलग्न टेक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१० बासबारीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । को ३९ प ९०७० नम्बरको स्कुर आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा युनिका बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिका–९ राजाबास बस्ने १९ बर्षीया युनिकाको उपचारको क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

स्कुटर चालक बर्ष १३ का युनिक बुढाथोकी सामान्य घाइते भएका छन् ।स्कुटर आफैं अनियन्त्रित भएर पल्टिँदा टाउकोमा चोट लागेपछि युनिकालाई उपचारका लागी जिल्ला अस्पताल उदयपुर र पछि न्यूरो अस्पताल बिराटनगर लगिएको थियो । स्कुटर चालकको विराटनगरमा उपचार भईरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!