Thursday, November 26, 2020
Home > समाचार > मोटरसाइकमलले ठक्कर दिएपछि एक महिलाकाे निधन

मोटरसाइकमलले ठक्कर दिएपछि एक महिलाकाे निधन

डोटी – मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृ’त्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृ’त्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् । डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी निज वृद्धालाई दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार गर्ने क्रममा आज मृ’त्यु भएको प्रहरी पोष्ट पिपल्ला बजारका प्रमुख तथा प्रहरी सहायक निरीक्षक खेमराज भट्टले जानकारी दिनुभयो ।ठक्कर दिने मोटरसाइकल घटनास्थलमै छाडी चालक भागेकाले मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस***

Leave a Reply

error: Please Dont Copy My Content!! !!