Tuesday, November 24, 2020
Home > समाचार > तिहारकै मुखमा स्कुटर दुर्घटनामा १९ बर्षिया युनिकाकाे दुःखद निधन!

तिहारकै मुखमा स्कुटर दुर्घटनामा १९ बर्षिया युनिकाकाे दुःखद निधन!

काठमाडौं ।

उदयपुरको त्रियुगा नगरपालिका–१० बासबारीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । को ३९ प ९०७० नम्बरको स्कुर आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा युनिका बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्रियुगा नगरपालिका–९ राजाबास बस्ने १९ बर्षीया युनिकाको उपचारको क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालक भाइ बर्ष १३ का युनिक बुढाथोकी सामान्य घाइते भएका छन् । स्कुटर आफैं अनियन्त्रित भएर पल्टिँदा टाउकोमा चोट लागेपछि युनिकालाई उपचारका लागी जिल्ला अस्पताल उदयपुर र पछि न्यूरो अस्पताल बिराटनगर लगिएको थियो । स्कुटर चालकको विराटनगरमा उपचार भईरहेको छ ।

त्यस्तै यता इच्छाकामना गाउँपालिका–५ शान्ति बजारमा तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको नागपोखरी बस्ने २२ वर्षिय पदम विक्रम थापा रहेका छन् ।

नारायणगढबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४२०६ नम्बरको तेल ट्याङ्करले बिपरित दिशाबाट आउँदै गरेको बा ९९ प ३०९३ नम्बरको मोटरसाईकललाई आज दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट घाइते मोटरसाईकल चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!