Monday, November 30, 2020
Home > समाज > दुःखद खबरः दुर्घटजना परि श्रीमान श्रीमतीको एकैचोटी ज्यान गयो!

दुःखद खबरः दुर्घटजना परि श्रीमान श्रीमतीको एकैचोटी ज्यान गयो!

बर्दिया । सडक दुर्घटजना परी श्रीमान श्रीमतीको एकैचोटी ज्यान गएको छ । बर्दियाको हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दुर्घटनामा परि श्रीमान श्रीमतीको ज्यान गएको हो । नेपालगञ्ज बाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० को मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ को ट्रयाक्टर एक आपसमा ठक्कर खाँदा बर्दियाको पचासा वडा नं ७ निवासी ललिता रिमाल र अर्जुन रिमालको मृत्यु भएको हो ।

अर्जुन २५ वर्षका थिए भने उनकी श्रीमती २३ वर्षकी थिईन् । बर्दियाको बढैयाताल गाउँपालिका बडा नं ८ पचासा नजिक गए राति करिब ८ बजेतिर ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार श्रीमान र श्रीमतीकै ज्यान गएको इजिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर अवस्थामा रहेका रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो । उपचारकै कर्ममा दुबैको ज्यान गएको जानकारी जिल्ला ट्राफिक प्रहरी बर्दियाले दिएको छ । ट्राफिक प्रहरीका अनुसार ट्रयाक्टर र चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठ बोकेर तीव्र गतिमा आएको ट्याक्टरले ठक्कर दिँदा उक्त घटना भएको स्थानीयले बताए । प्रहरीले ट्याक्टर चालक नेपालगन्ज–३ का २६ वर्षीय इमरान खानलाई पक्राउ गरिएको जनाएको छ । घटनाको विषयलाई लिएर ओ क्रोशित परिवार र आफन्तहरुले घटनास्थलमा आन्दोलन गरिरहेका छन् । वडा अध्यक्ष ईन्द्र प्रसाद लुईटेलका अनसार अहिले उक्त स्थानमा चक्काजाम भईरहेको छ ।

सडक दुर्घटनामा परी श्रीमान श्रीमतीको ज्यान गएको हो । नेपालगञ्ज बाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० को मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ को ट्रयाक्टर एक आपसमा ठक्कर खाँदा बर्दियाको पचासा वडा नं ७ निवासी ललिता रिमाल र अर्जुन रिमालको मृत्यु भएको हो ।etajakhabar

Leave a Reply

error: Please Dont Copy My Content!! !!