Thursday, November 26, 2020
Home > जीवनशैली > विदेशमा बस्ने नेपालीले हेर्नै पर्ने भिडियोः पार्वती जस्तै श्रीमती भए यसरी जीवन फेरिन्छ, जसका श्रीमान अरबमा थिए(भिडियो सहित)

विदेशमा बस्ने नेपालीले हेर्नै पर्ने भिडियोः पार्वती जस्तै श्रीमती भए यसरी जीवन फेरिन्छ, जसका श्रीमान अरबमा थिए(भिडियो सहित)

सर्लाहीकी पार्वती श्रेष्ठले वैदेशिक रोजगारीको लागि अरब गएका आफ्ना श्रीमानलाई स्वदेश फर्काएकी छन् । घर खर्च लगाउने विदेश गएका उनका श्रीमान नेपालमै राम्रो आम्दानी हुने भएपछि स्वेदश फर्किएका हुन् । अहिले उनका श्रीमानले नेपालमै रिक्सा चलाउछन् भने उनको सानो व्यवसाय छ । उनका श्रीमानले अरबमा रहँदा ६० हजार सम्मको आम्दानी गर्ने गरेका थिए । अहिले दुबै जनाको गरेर त्यही ६० देखी ७० हजार सम्मको आम्दानी छ ।

यसमा दुबैजना खुसी छन् । पहिला पहिला पार्वतीलाई गाउँघरमा पौरख गरेर आफैंले घर चलाउन सकिन्छ भन्ने लागेको थिएन । श्रीमानले पठाएको पैसा कसरी बचत गर्ने भन्ने पनि थाहा थिएन ।

तर अहिले गाउँघरमै पनि आम्दानी गर्ने बाटोहरु देखेपछि पार्वतीले १० वर्षदेखि साउदीमा काम गरिरहेका श्रीमानलाई घर फर्काएकी हुन् । उनिहरुले अहिले दुबै जनाको आम्दानीबाट बचत पनी गर्न थालेका छन् । यसले भविष्यमा आइपर्ने खर्च टर्ने पार्वतीको भनाइ छ । आफुहरुलाई धेरै सम्पत्ति नचाहिएको बताउने पार्वती अहिले दुबै जना सँगै बस्दा घर खर्च चलाउन आनन्दले पुगेको बताउँछिन् ।

भिडियो हेर्नूहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!