Monday, November 23, 2020
Home > भिडियो > सुरेश गन्धर्व प्रतिकाे सम्मानमा रमेश प्रसाईंको स्वरमा ‘फूल लाउला केसरी’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

सुरेश गन्धर्व प्रतिकाे सम्मानमा रमेश प्रसाईंको स्वरमा ‘फूल लाउला केसरी’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

काठमाडौं २२ कार्तिक / समसामयिक बिषयमा आफ्ना विचार धारणा सामाजिक सञ्जालमा व्यक्त गरेर सबैको प्रिय बनेका प्रखरवक्ता पब्लिक स्पिकर बिजेेता रमेश प्रसाईंको स्वरमा फूल लाउला केसरी बोलको गीत सार्वजनिक भएको छ । एक जमानामा सर्वाधिक लोकप्रिय बनेको यस गीतलाई सि के श्रेष्ठले शब्द संगीत गरेका हुन भने यश गीतलाई सुुरेश गन्धर्वले गाउनु भएको थियो । ***भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

पुराना सर्जकलाई सम्मान स्वरुप यश गीतलाई रमेश प्रसाईंको स्वरमा पुन: रेकर्डिङ गरिएको हो । दिपक आचार्यको निर्देशनमा बनेको यस गीतको भिडियो सक्किगोनि सिरियलका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

पछिल्लोसमय रमेश प्रसाईं लाइभ दोहोरी गाएर चर्चाको शिखरमा छन् ।

लोकप्रिय कार्यक्रम इन्द्रेणीबमट प्रसाईंको दोहोरी सार्वजनिक भएको थियो । निकट भविष्यमै रमेश प्रसाईंले एक टेलिभिजन कार्यक्रम सञ्चालन गर्न लागेका छन् । उनी अहिले इन्द्रेणीमा आवद्ध छन् ।

भिडियो हेर्नुहोस्:

Leave a Reply

error: Please Dont Copy My Content!! !!