Monday, November 23, 2020
Home > समाचार > बिहानै आयो दुःखद खबरः मर्निङ वाक हिडेका ब्यक्ति मृत भेटिए

बिहानै आयो दुःखद खबरः मर्निङ वाक हिडेका ब्यक्ति मृत भेटिए

काठमाडौं ।

चोभारमा मर्निङ वाकमा आएका एक व्यक्ति आज विहान मृत भेटिएका छन्। उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन्।

स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए।आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। शवको अवस्थिति हेर्दा गनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ।मृतकको पहिचान हुन बाँकी छ। श्रोत सेतो पाटि

त्यस्तै अर्बुदरोगबाट सप्तरीमा एक पूर्वप्रधानपञ्चको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ निवासी साविक नकटी रायपुर गाविसका पूर्वप्रधानपञ्च ७० वर्षीय खुशीलाल यादवको आज निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

उपचारका क्रममा दुई महिनाअघि मात्र फोक्सोमा अर्बुदरोग पत्ता लागेको उहाँका भतिजा सुजितले जानकारी दिए । विसं २०४२ देखि २०४५ सम्म यादव सो गाविसका प्रधानपञ्च थिए । उहाँका चार छोरा र दुई छोरी छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!