Monday, November 30, 2020
Home > समाचार > झापामा २५ बर्षिया स्वास्थ्यकर्मी युवतीको कोरोनाले लियो ज्यान!

झापामा २५ बर्षिया स्वास्थ्यकर्मी युवतीको कोरोनाले लियो ज्यान!

एजेन्सी ।


झापाको शिवसताक्षीमा कोरोना संक्रमित एकजना स्वास्थ्यकर्मी युवतीको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर-६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए।

विराटनगरबाट उनको शव ल्याउने तयारी भइरहेको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उनको कार्तिक १३ मा कोरोना पुष्टि भएको थियो।

त्यसपछि अस्पतालको आइसोलेशनमा उनको उपचार भइरहेको थियो। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने नगरपालिका स्रोतले बताएको छ।

मृतक दुधे स्थित एक स्वास्थ्य संस्थामा ल्याबमा काम गर्ने युवती हुन। शिवसताक्षी नगरपालिकामा यो सहित कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!