Monday, November 30, 2020
Home > भिडियो > बिहे भएकाे डेढ महिनामै श्रीमतिसँग यसो भनेर घरबाट निस्केका बिजय अब कहिल्यै नफर्किने भए (भिडियो हेर्नुस्)

बिहे भएकाे डेढ महिनामै श्रीमतिसँग यसो भनेर घरबाट निस्केका बिजय अब कहिल्यै नफर्किने भए (भिडियो हेर्नुस्)

दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । **समाचारकाे पुरा भिडियो हेर्न तल क्लिक गर्नुहाेस्**

दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए । मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताए ।

विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु हालसम्म पनि सम्पर्कमा नआएको आमा टेकमाया शर्माले जानकारी दिनुभयो । दाजुु विजय एसपीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत छन भने भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको परिवारले जनाएको छ ।

यिनै छोराहरुको लागि हामी गाउँ छोडेर यहाँ आएको भन्दै आमाले धरधरी रुँदै भनिन्, छोराहरुलाई दुख के हो थाहा थिएन । हराए पनि हामीले तुरुन्तै प्रहरीलाई खबर गर्न सकेनौ कारण फेरी ठुला भएका छोराहरुले यति छिटै किन रिपोर्ट गरेको हो भनेर भन्लान भन्ने पिरले ढिलो खबर गरेको आमाले रुँदै बताएकी छन् ।

बिवाह गरेको २ महिनामै श्रीमानको मृत्युको खबरले श्रीमती पनि एकदमै पिडामा छन् । श्रीमतीले हामी बीच कुनै झैँ झ-गडा नभएको बताएकी छन् । बाँकि तल भिडियोमा हेर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!