Monday, November 23, 2020
Home > समाचार > नेपाली चेली मनिषाले भारतिय प्रधानसेनापति नेपाल आएपछि यस्तो लेखिन्… हेर्नस्

नेपाली चेली मनिषाले भारतिय प्रधानसेनापति नेपाल आएपछि यस्तो लेखिन्… हेर्नस्

काठमाडौ । भारतका स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न अहिले काठमाण्डौमा छन् ।

उनको भ्रमणलाई लिएर बिभिन्न प्रतिक्रियाहरु आएका छन् । कतिपय भने कालो झण्डा देखाउने भन्दै माइतीघर पुगेका छन् भने कतिले सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिएका छन् । उनको भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आएका छन् ।

यसैबिच चर्चित नायिका मनिषा कोइरालाले पनि यस सम्बन्धमा मुख खोलेकी छिन् । उनले नेपाली सेनाका प्रवक्ताले ट्वीटरमा राखेको एक भिडियो क्लिपलाई रिट्वीट गर्दै प्रतिक्रिया दिएकी हुन् ।

मनिषा कोइराला लेख्छिन्, नेपाली सेना र भारतीय सेना का बिचमा रहेको परम्परागत एवं सुमधुर सम्बन्धलाई, दुई छिमेकी मुलुकका हितमा अझै गतिशिल र प्रगाढ बनाउने छ भन्ने बिशवास लिएकी छु । साथै भारतीय सेनापतिलाई हार्दिक स्वागत गर्दछु ।

सेना प्रमुखलाई एक अर्को देशमा मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने नेपाल र भारतको चलनलाई निरन्तरता दिन नरवणे आएका हुन् । दुई वर्षअघि प्रधानसेनापति थापा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न दिल्ली पुगेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!